गाँजा खाने र ट्यापे, मुन्द्रे गरी २ सय ३५ जना पक्राउ - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

गाँजा खाने र ट्यापे, मुन्द्रे गरी २ सय ३५ जना पक्राउ



काठमाण्डुका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाण्डुका विभिन्न स्थानबाट गाँजा सेवन गर्नेदेखि ट्यापे मुन्द्रे तथा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २ सय ३५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

मंगलबार परिसरमा भेला पारी क्यूआरटी (क्विक रेस्पोन्स टिम) र सादा पोशाकका प्रहरीलाई भेला पारी अप्रेशन सञ्चालन गर्न निर्देशन दिएपछि शंकास्पद २ सय ३५ लाई नियन्त्रणमा लिइएको पोखरेलले जानकारी दिए ।

एसएसपी पोखरेलले भने, ‘धेरै तिरबाट गुनासो आएको थियो, क्यूआरटी र सादा पोसाकका प्रहरीलाई परिचालन गरेका थियौं, प्रहरी अप्रेशनमा २ सय ३५ जना पक्राउ परेका छन्, जसमा २३ जना महिला छन् हामी अनुसन्धान गर्दै छौ’, उनले भने ।

पक्राउ परेकालाई सम्बन्धित प्रहरी वृत्तमा राखि आवश्यक अनुसन्धान अघि बढाइएको पोखरेलले जानकारी दिए ।