उपत्यकामा पुनः निषेधाज्ञा हुँदै, धेरै क्षेत्र बन्द गर्ने तयारी - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

उपत्यकामा पुनः निषेधाज्ञा हुँदै, धेरै क्षेत्र बन्द गर्ने तयारी



काठमाडौं- कोरोना संक्रमणको ग्राफ फेरि बढेपछि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय खुकुलो बनेको निषेधाज्ञा झन् कडा हुने भएको छ ।

कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताएका छन् ।

सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हर्ने बताइएको छ । सर्वसाधारणको हकहितमा सबै किसिमका सार्वजनिक सवारी खुलाइएपनि अब भने त्यसमा पनि कडाई हुने देखिएको छ ।

परिक्षा तथा शैक्षिक कार्यक्रममा कडाईका साथ स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने बताइएको छ । त्यसबाहेक अन्य प्रयोजनमा भने कडाई गरी केहि क्षेत्र फेरि बन्द हुनसक्ने बताइएको छ । जिल्ला प्रसाशनहरूले आजै छलफल गरेर निर्णय गर्ने बताइएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसअघिदेखि व्यापारिक प्रयोजनाका गतिविधिहरु बढाइएको थियो ।

पछिल्लो समय रेस्टुरेन्ट र फास्टफुट तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।