भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस



मणि भुषाल  /बुटवल 

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस पश्चिमी  संस्कृति भए पनि नेपालका युवा युवतीबीच लोकप्रिय छ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए । तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।

‘प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनिभ्यालेन्टाइन डे प्रेमलाई प्रगाढ बनाउने विशेष अवसर मानिन्छ । चकलेट, फुल, कार्ड तथा अन्य सुन्दर उपहारबाट आफ्नो प्रेम सम्बन्धमा गाढापन ल्याउन सकिन्छ । भ्यालेन्टाइन डेमा रोमान्टिक सिनेमा आफ्ना प्रेमी/प्रेमिकालाई गिफ्ट गरेर वा सँगै बसेर हेरेर प्रेम भावनालाई अझ प्रगाढ बनाउन सकिन्छ । भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्दछन् |

जब प्रेमको चर्चा हुन्छ, त्यसमा रोमियो र जुलियटजस्ता रोमान्सको दुनियाँका राजारानीलाई बिर्सने कुरै हुँदैन । रोमियो र जुलियट एक अर्कालाई निकै प्रेम गर्छन् । यद्यपि साधारणतया सबै प्रेमलाई परिवारका सदस्यले स्वीकार गर्दैनन् । रोमियो र जुलियटको परिवार प्रेम गर्न पनि जवान हुनुपर्छ भन्ने विश्वास राख्छ । त्यसैले उनीहरूलाई अलग गर्ने प्रयास हुन्छ ।

कविहरूले नि  भ्यालेन्टाइन  दिनको आफ्नै शब्दमा बयान गर्छन्

पार्टी पार्टी बिच प्रेम होस्
एकले अर्कोलाई नलगाउ दोष
सभासदहरू! ह्याप्पी भ्यालेन्टाइनस डे
हामी जनतालाई संविधान दे

माओवादी तिमी गुलाफ बोक
एमाले स्नेहले मेट जनको भोक
काँग्रेस छरिदेउ हर्षका छहरा
मधेशवादी बनिदेउ देशका पहरा

नेता र साधारण मान्छे एक बनौँ
मिलिजुली विकाश प्रेमले खनौँ
विभिन्न जाती तर एउटै नेपाली।

भ्यालेन्टाइन डे को अवसरमा बुटवल लगायत विभिन्नसहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । । सार्वजनिक पार्क तथा उद्यानहरुप्रेमजोडीले हुन्छन् । यो दिन लाखौँ गुलाबका फुल तथा उपहार  व्यापार हुने गरेको छ ।