पुनर्बीमा कम्पनीमा २० जनालाई जागिर खुल्यो: सूचना सहित
काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले जागिरका लागि सुचना निकालेको छ । विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको सुचना जारी गरेको छ ।
पुनर्बीमा कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म पदमा जागिर खुलाएको जनाएको छ । कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो ।
कम्पनीले खुलाएको विज्ञापनमा अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । जसमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार पाँचौ तहका लागि ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ भने समावेशीमा प्रति समूहका लागि थप २ सय रुपैयाँ लाग्नेछ ।
त्यसैगरी छैटौं, सातौ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन शुल्क र समावेशी समूहमा प्रतिसमूह थप ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ ।
कम्पनीले नवौं र दशौं तहका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र समावेशीतर्फ प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ शुल्क लाग्ने विज्ञापनमा उल्लेख गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म पदमा जागिर खुलाएको हो । कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो ।
कम्पनीले खुलाएको विज्ञापनमा अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । जसमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार पाँचौ तहका लागि ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ भने समावेशीमा प्रति समूहका लागि थप २ सय रुपैयाँ लाग्नेछ ।
त्यसैगरी छैटौं, सातौ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन शुल्क र समावेशी समूहमा प्रतिसमूह थप ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ ।
कम्पनीले नवौं र दशौं तहका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र समावेशीतर्फ प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ शुल्क लाग्ने विज्ञापनमा उल्लेख गरेको छ ।
![](https://fra1.digitaloceanspaces.com/appharuspace/himalpost/uploads/2021/08/job-vacancy-1.jpg)