रुसमा भ्याक्सिन उत्पादन सुरु, विश्वसनीयतामा वैज्ञानिककै शंका - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

रुसमा भ्याक्सिन उत्पादन सुरु, विश्वसनीयतामा वैज्ञानिककै शंका



काठमाडौं- रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन सुरु गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले यही महिना (अगस्ट) को अन्त्यसम्ममा भ्याक्सिन उपलब्ध हुने बताएको छ।

कतिपय वैज्ञानिकले भने छिटो गर्ने चक्करमा रुसले भ्याक्सिनको विश्वसनीयतामा सम्झौता गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

रुसमै गरिएको एक स्वतन्त्र सर्वेक्षणको नतिजाले पनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ। सर्वेक्षणमा सहभागी आधाभन्दा बढी स्वास्थ्यकर्मीले उक्त भ्याक्सिन लगाउन नचाहेको बताएका छन्, किनकी रुसले बनाएको भ्याक्सिनप्रति उनीहरुमा विश्वास छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने भ्याक्सिन बनाउने क्रममा सबै महत्वपूर्ण कुराहरुमा ध्यान दिइएको बताउँदै आएका छन्। उनकी छोरीले पनि उक्त भ्याक्सिन लगाइसकेकी छन्।

रुसले कोरोना भ्याक्सिनको काम ‘स्पुतनिक भी’ राखेको छ। रुसी भाषामा स्पुतनिकको अर्थ स्याटेलाइट हो। रुसले नै विश्वको पहिलो स्याटेलाइट बनाएको थियो।