कोरोना भ्याक्सिन अर्को वर्षसम्म तयार हुने सम्भावना छ: डब्लुएचओ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोना भ्याक्सिन अर्को वर्षसम्म तयार हुने सम्भावना छ: डब्लुएचओ



काठमाडौं- अर्को वर्ष अर्थात् सन् २०२१ अगाडि कोरोना भाइरसको भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।

डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’

उनले थपे, ‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, बरु केही ढिलो होस्।’

भ्याक्सिन आम प्रयोगमा ल्याउनुअघि वैज्ञानिकहरु निश्चिन्त हुनुपर्नेमा उनले जोड दिएका छन्। आउने वर्षको सुरुवातमा आम मानिसहरुलाई भ्याक्सिन लगाउन सुरु गर्न सकिने आशा उनले व्यक्त गरेका छन्।

रयानेका अनुसार केही सम्भावित भ्याक्सिन परीक्षणको तेस्रो चरणमा छन् र अहिलेसम्मको परीक्षण कुनै पनि फेल भएको छैन।