न्यायाधीशद्वय भट्टराई र फुयालले गर्दैछन् भ्याकेटको सुनुवाइ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

न्यायाधीशद्वय भट्टराई र फुयालले गर्दैछन् भ्याकेटको सुनुवाइ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले दर्ता गरेको भ्याकेट निवेदनमा आज सुनुवाई हुँदैछ। कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध एमालेले दर्ता गराएको भ्याकेटमा सुनुवाई हुन लागेको हो ।

प्रधानमन्त्री ओलीको तर्फबाट दर्ता भएको पुनरावलोकन (भ्याकेट)को सुनुवाई न्याायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका चार सांसदलाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो।

कारवाही विरुद्ध प्रदेश सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले केन्द्रीय समितिले कारवाही गर्नुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीबाट कारवाही गरिएको भन्दै अन्तरिम आदेशमार्फत् उनीहरुको पद थमौती गरिदिएको थियो।

त्यहि अन्तरिम आदेशविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता गराएका थिए। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरि पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।

अध्यक्ष ओलीले अन्तरिम आदेश खारेजीको मागसहितको निवेदनमा सर्वोच्चमा दिएका हुन्।