भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश



काठमाडौं- प्रधानमन्त्री ओलीले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो ।

एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।