बढी आशलाग्दो भ्याक्सिनको परीक्षण एकाएक रोकियो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

बढी आशलाग्दो भ्याक्सिनको परीक्षण एकाएक रोकियो



एजेन्सी- कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ।

भ्याक्सिन लगाएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको हो। उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षण चलिरहेको छ।

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनमाथि पूरा विश्वको नजर छ अहिले। कोरोनाबाट आक्रान्त देशहरुलाई आशा जगाएको उक्त भ्याक्सिनको परीक्षण रोकिएपछि अन्य कम्पनीहरुलाई पनि धक्का लागेको छ, जो कोरोनाको भ्याक्सिन बनाइरहेका छन्।

अहिले विश्वभर करिब एक दर्जन वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ। यसमा अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ। उक्त भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ र बजारमा आउने सबैभन्दा पहिलो भ्याक्सिन यही हुने अपेक्षा गरिएको छ।

बीबीसीका मेडिकल एडिटर फर्गस वाल्सका अनुसार अब विश्वभर चलिरहेको सबै परीक्षण रोकिनेछ र मानिसको सुरक्षाबारे स्वतन्त्र जाँच हुनेछ। त्यसपछिमात्र परीक्षण पुनः सुरु हुनेछ।

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने ठूलो स्तरको परीक्ष्(णमा यस्तो हुने बताउँदै यसबारे अध्ययन गरिने बताएका छन्। केही दिनमै परीक्षण पुनः सुरु हुने उनको भनाइ छ।–बीबीसी