मंसिरको दोस्रो सातासम्म कोरोना भ्याक्सिन नेपाल आइपुग्ने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मंसिरको दोस्रो सातासम्म कोरोना भ्याक्सिन नेपाल आइपुग्ने



काठमाडौं- रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ।

रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भए नेपालमा पनि ल्याउने सहमति भएको हो।

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ। 

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगमा अनुमति पाउनेछ।

एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए। 

उनका अनुसार खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले बताए। 

अहिले ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी र रसियन फन्डसँग सम्झौतामात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा यस्तो सम्झौता भएको हो।