युभेन्टसको नाटकीय जित, रोनाल्डोको प्रयास असफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

युभेन्टसको नाटकीय जित, रोनाल्डोको प्रयास असफल



एजेन्सी । विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध टिम युभेन्टसले सिरि—ए मा पहिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ । शनिबार युभेन्टस र चिइभोले सिरि—ए को उद्घाटन खेल खेलेका थिए । चिइभोमाथि युभेन्टसले नाटकीय रुपमा जित हात पारेको हो । खेलमा युभेन्टसले चिइभोलाई ३—२ गोल अन्तरले पराजित गर्नेक्रममा युभेन्टसका फेड्रिको र्बेनारडेस्चीले खेलको ९३ औं मिनेटमा गोल गर्दै जिताएका थिए ।

रोनाल्डो आवद्ध टिम युभेन्टसले जित हात पारेपनि रोनाल्डोले भने गोल गर्न सकेनन् । युभेन्टसका लागि खेलको ३ मिनेटमै सामी खेदिराले सुरुमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । तर, खेलको ३८ औं मिनेटमा चिइभोका मारियुस स्टेपिन्स्कीले गोल गर्दै बराबरी गरेका थिए भने खेलको ५६ औं मिनेटमा पुन चिइभोका इम्यान्युएले गाइचिरिनीले गोल गर्दै युभेन्टसलाई दबाबमा राखेका थिए ।

रोनाल्डोले पटक—पटक गरेको गोल प्रयास असफल भएको अवस्थामा चिइभोका माटिया बानीले आत्मघाती गोल गर्दै युभेन्टसका लागि सहज गरीदिएका थिए ।  त्यस्तै खेलको अतिरिक्त समयमा मिनेटमा युभेन्टसका फेड्रिको र्बेनारडेस्चीले युभेन्टसका लागि निर्णायक गोल गरेका थिए ।