उत्तर कोरियामा कोरोना संक्रमित रहेको खुलासा - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

उत्तर कोरियामा कोरोना संक्रमित रहेको खुलासा



एजेन्सी- संसारभर कोरोना भाइरसको महामारी चलिरहँदा आफ्नो देशमा कोरोना संक्रमित नरहेको बताउँदै आएको उत्तर कोरियामा संक्रमित रहेको खुलासा भएको छ।

उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई गरेको सार्वजनिक व्याख्यानमा मुलुकमा कोरोना भाइरस भएको बताएको हो।

त्यहाँ मार्च महिनाको सुरुमा संक्रमण देखिएको बताइएको छ।

शुक्रबार रेडियो फ्रि एसियाले प्योङ्गयाङ्ले देशमा कोरोनाका प्रमाणित संक्रमित नरहेको दाबी गरेको आफ्नो रिपोर्टमा जनाएको थियो।

सो रेडियोले प्योङ्गयाङ र रायोङ्गाङ प्रान्तका एक-एक वटा श्रोतको हवाला दिदैं लेक्चररहरूले संख्या नखुलाएपनि उत्तर कोरियामा कोरोना संक्रमित भएको रिपोर्ट प्रसारण गरेको छ।

लेक्चररहरूले ती संक्रमितहरू प्योङ्गयाङ, दक्षिणी ह्वाङहे प्रान्त र उत्तरी हेमग्योङ प्रान्तमा भेटिएको उसको रिपोर्टमा उल्लेख छ।

चीन लगायतका मुलुकमा कोरोना संक्रमण देखिन थालेपछि प्योङ्गयाङ्ले सीमा नाकामा कडाइ गर्दै संक्रमण प्रभावित मुलुकका नागरिकलाई ३० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनेको थियो।

उत्तर कोरियाली अधिकारीहरूले विश्वव्यापीरुपमा कोरोना नियन्त्रणमा नआएसम्म शतप्रतिशत बन्द रहेका आफ्ना सीमानाभित्र कोरोना संक्रमण प्रवेश गर्ने सम्भावना भए-नभएको हेरिरहेका बताएका छन्।