उत्तर कोरियामा पनि संक्रमित भेटिए, किमले दिए लकडाउनको निर्देशन - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

उत्तर कोरियामा पनि संक्रमित भेटिए, किमले दिए लकडाउनको निर्देशन



एजेन्सी- उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ।

आइतबार उत्तर कोरियाको केसाङमा सहरमा कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले अधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्।

आइतबार १ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ।

तीन वर्ष अघि दक्षिण कोरिया गएका संक्रमित व्यक्ति अवैधानिक रुपमा १९ जुलाईमा उत्तर कोरिया प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन्।

कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको छ। प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गरिने शासक किम जोङ उनले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।