फेरी गर्‍यो उत्तर कोरियाले मिसाइल प्रक्षेपण - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

फेरी गर्‍यो उत्तर कोरियाले मिसाइल प्रक्षेपण



उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो । होदो क्षेत्रका मिसाइल प्रक्षेपण भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।