बादलले भने: उत्तर कोरिया हाम्रो प्रेरणाको स्रोत - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

बादलले भने: उत्तर कोरिया हाम्रो प्रेरणाको स्रोत



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणाको स्रोत भएको बताएका छन् । उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए ।

‘देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’ उनले भने । उनले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशासमेत व्यक्त गरे।

गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतका क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको आफूले सुनेको उल्लेख गर्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरू इच्छुक रहेको बताए । राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धबारे चर्चा गर्दै यसलाई थप उचाइमा पु‍र्याउनुपर्नेमा जोड दिएका थिए । नागरिकमा खबर छ ।