वासिङ्गटनमा आपतकाल: अमेरिका प्रवेशमा प्रतिबन्ध - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

वासिङ्गटनमा आपतकाल: अमेरिका प्रवेशमा प्रतिबन्ध



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन देशबाट अमेरिका आउने आगन्तुकलाई रोक लगाएका छन्।

कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि अमेरिकाले युरोपियन मुलुकका नागरिकलाई अमेरिका आउन रोक लगाएको हो।

ट्रम्पले ती देशहरुबाट आउने यात्रुहरुलाई कम्तीमा एक महिनाका लागि रोक लगाएका हुन्। यो निर्णय भने युकेका लागि मान्य नहुने बताइएको छ।

उनले मिडियाकर्मीसँग यो निर्णयलाई एकता र शक्तिको रुपमा हेरिदिन अनुरोध गरेका छन्।

केही अघि ट्रम्पले कोरोना भाइरससँग लड्न संघीय सरकारले सबै प्रकारको शक्ति परिचालन गरिसकेको बताएका थिए।

अमेरिकामा अहिलेसम्म १ हजार १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

त्यस्तै वाशिंगटनलाई स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ।

त्यहाँका मेयर म्युरियल बाउजरले बुधबार आपतकाल घोषणा गर्दै कोरोना भाइरससँग लड्न सबैसँग अपिल गरे। वाशिंगटनमा १० जना संक्रमित भेटिएका छन्।