बाल बाल बंच्यो युएस बङ्गलाको अर्को जहाज - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

बाल बाल बंच्यो युएस बङ्गलाको अर्को जहाज



युएस बांग्ला एयरलाइन्सको ढाकाबाट उडेको आन्तरिक उडानको जहाज बुधबार बंगलादेशकै चटगाउँमा आकस्मिक अवतरण गराइएको छ।

चालक दलका सदस्यसहित १७१ यात्रु बाेकेर ढाकाबाट उडेको जहाज जहाजको पांग्रा नखुलेपछि विमानस्थलमै आकस्मिक अवतरण गराउनुपरेको हो। चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा प्राविधिक अवतरण गराउनु परेको उक्त जहाजका सबै यात्रु सकुशल रहेको विमानस्थलका प्रवन्धकले स्थानीय पत्रिकालाई जानकारी दिएका छन्।

फ्लाइट बीएस- १४१ ढाकाबाट १६४ यात्रु र चालकदलका सात सदस्य लिएर बिहान साढे ११ मा उडेको थियो।

आकस्मिक अवतरणमा विमान धावनमार्गमा धस्सिए पनि सबै यात्रु र चालकदलका सदस्यहरु सकुशल रहेको युएस बांग्ला एयरलाइन्सका अधिकारीहरुले जानकारी गराएका छन्।

युएस बांग्ला एयरलाइन्सकै चालक दलका सदस्यसहित ७१ जना बोकेको जहाज गत फागुन २८ गते अवतरणकै क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्दा २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिकको ज्यान गएको थियो।