युरोपका कांग्रेसहरुको जर्मनीमा बृहत भेला - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

युरोपका कांग्रेसहरुको जर्मनीमा बृहत भेला



युरोप/हिमाल पोष्ट 

युरोपका विभिन्न देशहरुमा कार्यरत डेड दर्जन भन्दा धेरै नेपाली काँग्रेसका भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुको क्षेत्रिय भेला जर्मनीको बाणिज्य सहर फ्रान्कफोर्टमा आयोजना हुने भएको छ ।

समितिले आफ्नो १० औं स्थापना दिवसको उपलक्षमा विभिन्न कार्यक्रमहरुका साथ मनाउने उदेश्यले उक्त भेलाको आयोजना गर्न लागेको समितिका सस्थापक सभापति दिल गुरुंगले हामीलाई बताएकाछन। युरोपको चारै तिर छरिएर रहेका नेपाली कांग्रेस समर्थक,शुभेक्क्षक तथा बिपी विचारका अनुयायीहरु आगामी ११, र १२ डिसेम्बरका दिन हुने सो भेलामा युरोप स्तरीय कार्यकर्ता भेटघाट तथा संगठनको आन्तरिक व्यवस्थापनका बारे समिक्षा गरिने बिशेष स्रोतले जानकारी गराएकोछ।

नेपाल भन्दा बाहिर युरोपको विभिन्न देशहरु सकृय रुपमा कार्यरत सम्पूर्ण वर्तमान तथा पुर्व महाधिवेशन प्रतिनिधि, महासमिती सदस्य, जनसम्पर्क समितिका बर्तमान तथा पुर्बअध्यक्षहरु, तथा युरोपमा कार्यरत सम्पूर्ण नेपाली जनसम्पर्क समितिहरुका पदाधिकारीहरु र पंजीकृत एबम सकृय सदस्यहरुलाई समेत आमन्त्रण गरिएको नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खडकाले जनाएकाछन। गत साल बेलायतमा आयोजना भएको जस्तै बार्षिक क्षेत्रीय भेला यस पटक जर्मनीमा आयोजना गरिन लागेको आयोजक राष्ट्र जर्मनीका सभापति शिखर खड्काले जानकारी दिएकाछन्।

बरिष्ट नेता रामचन्द्र पौडेलको प्रमुख अतिथ्यमा दिल गुरुङको सभापतित्वमा गठन भएको समिति तत्कालीन पार्टी सभापति गिरीजा प्रसाद कोइरालाले पार्टीको गतिबिधि युरोपस्तरिय सन्जाल विस्तार गर्न गुरुङलाई संयोजकत्वमा जिम्मेवारी दिएका थिए । अहिले नेपाली जनसम्पर्क समितिको अभियानको संजाल युरोपमा रहने सबै नेपालीहरुसित जोडीरहेकोछ।