‘रंगिला गर्ल’ भनेर चिनिने चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकर काँग्रेस प्रवेश गर्ने तयारी

एजेन्सी – भारतमा लोकसभाले बलिउड तातेको भएको छ । अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी छ ।
मंगलबार जया प्रदा भारतीय जनता पार्टी प्रवेश गरिन् भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय काँग्रसमा प्रवेश गर्ने हल्ला छ ।
यसैबीच ‘रंगिला गर्ल’ भनेर चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकरले पनि काँग्रेस प्रवेश गर्ने तयारी गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
काँग्रेसबाट उनले उत्तम मुम्बई लोकसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । भाजपाबाट उक्त क्षेत्रमा गोपाल सेट्टीले उम्मेदवारी दिने बताइएको छ ।
मुम्बई काँग्रेसका अध्यक्ष संजय निरुपमले उर्मिलासँग यस विषय छलफल भइरहेको पुष्टि गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । निरुपमले उर्मिलाले काँग्रेसको प्रस्ताव स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।
काँग्रेसले सेट्टीलाई टक्कर दिन धेरै दिनदेखि ‘हाई प्रोफाइल भएका व्यक्ति’ खोजिरहेको बताइएको छ ।

