अभिनेत्री उर्मिला मातोडकर कंग्रेसमा प्रवेश - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

अभिनेत्री उर्मिला मातोडकर कंग्रेसमा प्रवेश



काठमाडौं । छिमेकी मुलुक भारतमा चुनाव नजिकिँदै गर्दा सत्तारुढ र विपक्षी दलबीच खेलाडी र कलाकारलाई पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँगको होडबाजीका बीच विपक्षी दल भारतीय कंग्रेसले अभिनेत्री उर्मिला मातोडकरलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

बलिउडमा मनमोहक अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री उर्मिलाले बुधबार दिल्ली पुगेर राजनीतिमा भाग्य परीक्षण गर्न कंग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई कंग्रेस अध्यक्ष राहुल गान्धीले पार्टीमा स्वागत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभिनेत्री उर्मिला कांग्रेसका तर्फबाट मुम्बई नर्थ सिटमा लोकसभा चुनाव २०१९ को प्रतिष्पर्धामा उत्रिन सक्ने अनुमान गरिएको छ । तर कंग्रेस र उर्मिलाका तर्फबाट यसका बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । केही दिनअघि क्रिकेटको महाकुम्भ आईपीएल सुरु हुँदै गर्दा क्रिकेटर गौतम गाम्भिर सत्तारुढ भाजपामा प्रवेश गरेका थिए ।