यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो बनाउने उर्जा मन्त्री पुनको घोषणा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो बनाउने उर्जा मन्त्री पुनको घोषणा



कााठमाडौँ। उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने जनाएका छन । रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा रोल्पामा रहेका मन्त्री पुनले सो कुरा बताएका हुन।

स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गर्ने मन्त्री पुनले जनाए। “जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत् उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ”,उनले जनाए । हरेक वडामा विद्युत् विस्तार गर्न चालू आवमा रु २९ करोडको टेण्डर भइसकेको जानकारी दिँदै उनले थप रु ३२ करोडको अर्को टेण्डर गर्ने गरी प्रक्रिया अगाडि बढेको छ बताए ।

जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ भन्दै मन्त्री पुनले यस जिललामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्को प्रक्रिया पनि बढाइने उल्लेख गरेका थिए ।