उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको प्रहरी हिरासतमै मृत्यु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको प्रहरी हिरासतमै मृत्यु



बर्दिया । उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रमममा पक्राउ परेका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलार्इ कालाे झण्डा देखाउदा पक्राउ गरिएकाे थियाे ।

सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो । जानकी गाउँपालिका ६ गनापुर कपासी बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती बाटोमै मृत्यु भएको हो ।

बुधबार राती हिरासतमा हात-खुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । ३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् । यादवको बुवाको मृत्यु भइसकेको छ ।