३० जनाको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगे उपेन्द्र यादव - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

३० जनाको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगे उपेन्द्र यादव



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग पुगेको छ। यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् ।

उपेन्द्र पक्षले जसपा नेपालको आधिकारिकता दाबीका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको हो। आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

विहीबार बसेको उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो।
जसपा अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए।

यसअघि अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र पक्षले आधिकारिकताका दाबी गर्दै निवेदन दिएको हो।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी दफा ४३ र ४४ अनुसार दाबी पेश गरिएको उपेन्द्र पक्षले जनाएको छ।