उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता
काठमाडौं- जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ। निर्वाचन आयोगले जसपाको आधिकारिकताका यादव पक्षलाई दिएको हो ।
आज आयोगमा उपस्थित ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये बहुमत अर्थात ३४ जना सदस्य यादव पक्षमा सनाखत गरेका थिए । त्यही सनाखतका आधारमा यादव पक्षले आधिकारिकता पाएको हो । ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका थिए । जेलमा रहेका रेशम चाैधरीले भने आयाेग पुगेर तटस्थ बस्ने निर्णय गरेका थिए ।
निर्वाचन आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई भने अर्को दल दर्ताका लागि आव्हान गरेको छ । त्यसमा ठाकुर पक्षले भने चित्त बुझाएको छैन् । ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले पार्टी विभाजन गरिदिएको भन्दै त्यसको कानूनी उपचार खोजिने बताए ।