जसपाको आधिकारिकता उपेन्द्र समुहलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समुहले पाउने पक्का भएको छ । जसपाका ५१ जना कार्यकारिणी सदस्यमध्ये ३३ जनाले उपेन्द्र यादव पक्षको हस्ताक्षर गरेका छन् ।
उनीहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर गरिएसकेका छन् । निर्वाचन आयोगले हेड काउन्टको लागि बोलाएको थियो । आज ५१ मध्ये ३३ जना कार्यकारिणी सदस्यले यादव पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा जसपा यादवको भएको छ । यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन् ।
रेशम चौधरीलाई पनि कागारबाट हस्ताक्षरका लागि आयोग नै ल्याउने तयारी भएको ठाकुरनिकट नेताले जानकारी दिएका छन् ।