विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरा सिफारिस
काठमाडौं- सत्ता गठबन्धनको एक दल जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको उपमेयरमा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम सिफारिस गरेको छ ।
जसपाले अमरेन्द्र सहित ८ जनाको नाम सिफारिस गरेको छ । गठबन्धनको भागवण्डामा विराटनगरको उपमेयर जसपाको भाग परेको छ ।
जसपा विराटनगर नगर कार्य समितिले शुक्रबार नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको हो । केन्द्रीय सदस्य भूराज राई र डा. रामविलास यादव, नगर अध्यक्ष अमरेन्द्र यादव, नगर उपाध्यक्ष मोहम्मद नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेका अमरेन्द्र यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।