सत्ता सहकार्यबारे उपेन्द्र यादवले गरे विमलेन्द्र निधिबीच छलफल
काठमाडौं। प्रदेश-२ मा सत्ता सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसक उपसभापति विमलेन्द्र निधि प्रस्ताव गरेका छन् ।
केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला यादवले भने निधिसँग कुरा गरी प्रदेश–२ को सत्ता समीकरण बदल्ने तयारी थालेका हुन् ।
शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरेका छन् ।
सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् । केन्द्रको राजनीतिको असर प्रदेशमा पर्नी परेको छ ।
१०७ सदस्यीय प्रदेशसभामा जसपाका ५६ सांसद छन् । जसपाको यादव पक्ष (साविकको समाजवादी पार्टी, नेपाल) सँग २९ र ठाकुर पक्ष (साविकको राजपा) सँग २५ जना छन् ।
त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद थिए । त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेकाले प्रदेशसभा १०३ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५२ सांसद आवश्यक पर्छ ।