काठमाडौं उपत्यकामा तीन दिनमै ९१ जना पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

काठमाडौं उपत्यकामा तीन दिनमै ९१ जना पक्राउ



चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा प्रहरीले सक्रियता बढाएको छ।

अपराध हुने सम्भावित ठाउँमा सादा पोसाकमा प्रहरी खटाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

चोरी नियन्त्रणलाई लक्षित गरी भएको सुरक्षा योजनाअन्तर्गत महाशाखाले पछिल्ला तीन दिनमा ९१ जनालाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

विभिन्न किमिसका आपराधिक घटनामा संलग्न ९१ जनालाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । पक्राउ परेका केही व्यक्तिसँग हातहतियार तथा केहीसँग लागुऔषध बरामद भएको छ।

सादा पोसाकमा गस्ती
महाशाखाले बिहान १० देखि साँझ ६ बजेकोसम्म सादा पोसाकमा गस्ती खटाइएको छ।

राति ११ देखि ४ बजेसम्म ‘नाइट एम्बुस डिउटी’मा प्रहरी खटाइएको डिएसपी सन्तोष खड्काले जानकारी दिए । चोरी र लुटपाट नियन्त्रणमा केन्द्रित भई प्रहरी टोली खटिएको छ ।

उपत्यकामा धेरैजसो दिउँसोको समयमा ताला लगाइएका घरमा तथा बेलुकी सहकारी संस्था तथा पसलहरूमा चोरी हुने गरेका छन्।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएपछि चोरीका घटनामा कमी आएको महाशाखाको भनाइ छ।