उपत्यकामा फेरि लकडाउन ? - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

उपत्यकामा फेरि लकडाउन ?



काठमाडौं– दुई महिनादेखि काठमाण्डु उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ । बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन् । एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा संक्रमण दर रहेको छ । यो अवधिमा उपत्यकामा हालसम्म १ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

दैनिक बढ्दो संक्रमणको कारण उपत्यकाका कोभिड अस्पताल र उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुने स्थिति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘यही दरमा वृद्धि हुने हो भने केही दिनमै बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले भने । तीव्र संक्रमण बढेपछि स्वास्थ्य विज्ञहरुले सरकारलाई केही अवधिको लागि लकडाउन गर्न सुझावसमेत दिइसकेका छन् । ‘विज्ञहरुले सुझाव दिइसकेका छन्, तर लकडाउन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयको हैन,’ उनले भने ।

दैनिक संक्रमण तीव्र गतिमा बढ्दै जानुमा हाम्रै अटेरी व्यवहार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । ‘ हाम्रै अटेरीले तीव्र संक्रमण बढिरहेको छ, हामीले स्वास्थ्य सुरक्षाको उपाय अपनाएका छैनौं,’ उनले भने । उनले दैनिक स्वास्थ्य सुरक्षामा मापदण्डप अपनाउन अनुरोध गरिरहेका छन् । तर सबै नागरिकले पालना गरेको नदेखिएको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले बताए ।

डा. पुनका अनुसार सुरक्षा मापदण्ड ५० प्रतिशत मात्र पालना भएको देखिन्छ । सबैले यी उपाय व्यवहारमा नउतारेसम्म लकडाउनले स्थायी समाधान दिँदैन । ‘लकडाउनकै बेलामा प्रहरीको आँखा छल्न मास्क लगाउने, प्रहरी गएपछि मास्क फुकाल्ने धेरै भेटिए,’ उनले भने । पुनले अहिले इन्द्रचोकमा गएर हेर्दा लाहपरवाही प्रष्ट देखिने बताए । अहिले हात नमिलाउने र नमिलाएरै भए पनि मास्क लगाउनेहरु बढेका छन् । तर सुरक्षामा सबै मापदण्ड पालना गराउन सरकारले मात्र नसक्ने उनले बताए । नागरिक दैनिकमा समाचार छ