उपत्यकामा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

उपत्यकामा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु



काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह रुप देखिन थालेको छ । उपत्यकामा कोरोनाका कारण एकै दिन तीन जनाको मृत्यु भएको छ। ललितपुरमा दुई जना र काठमाडौंमा एक जनाको ज्यान गएको हो।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। सोमबार बिहान अस्पतालको आइसियूमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो।

छातीको संक्रमण र निमोनियाको उपचार गराउन उनी आइतबार दिउँसो अस्पताल पुगेको बताइएको छ । राजधानीको बानेश्वरमा बस्ने ७६ वर्षीय एक पुरुषको सोमबार विहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो।

जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनी मधुमेह, निमोनिया तथा उच्च रक्तचापका विरामी थिए। साउन २४ गते स्वाव संकलन गरिएपनि उनमा सोमबार मात्र कोरोना पुष्टि भएको हो।

यस्तै काठमाडौँ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको छ।उनी मिर्गौलाका दीर्घरोगी विरामी रहेको मन्त्रालयले जानकारी दिएको छ।

निमोनिया भएपछि उनी असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनमा साउन ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ।