काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द



काठमाडाैं- काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने याे निर्णय गरिएकाे हाे।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेकाे बैठकमा ती जिल्लाका प्रजिअले सरकारसँग यसबारे सिफारिस गरेका थिए। निषेधाज्ञा एक साताका लागि गरिएकाे ​हाे। निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएकाे छ।

जसअनुसार उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन्। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

मंगलबार मात्रै उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै २ सय ५ संक्रमित भेटिएका थिए।