पर्यटन मन्त्रालयका उपसचिवले गरे आत्महत्या !
भैरहवा,
प्रदेश नम्बर ५ को उद्योग पर्यटनतथा वन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुहरी आचार्यले आत्महत्या गरेका छन् । विगत लामो समय देखि डिप्रेसनको रोगबाट पीडित आचार्यले सुसाईट नोट लेखेरै भैरहवा स्थित सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपि श्याम ज्ञवालीले जानकारी दिए ।
उनले भैरहवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा रहेको क्वाटर पङ्खाको छेउमा रहेको पङ्खा भुण्डाउने फलामको कुण्डीमा पलाष्टीकको रसी प्रयोग गरेर झण्डीएको अवस्थामा प्रहरीले फेला पारेको थियो । चितवन जिल्ला भरतपुर महानगरपालिका ११ जागृति चोक स्थायी घर भएका अर्याल १२÷१५ दिन देखि भैरहवा बस्दै आएका थिए ।
हिजो दिउसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा आएका आचार्य एक्लै कोठामा बसेको र सँगै बस्ने साथीहरूले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरे पश्चात् उनको घटना बाहिर आएको थियो । उनीसँगै ३ जना उपसचिव बस्दै आएका थिए । प्रहरी आएर झ्यालबाट हेर्दा भुण्डीएको अवस्थामा प्रहरीले भेट्टाएको थियो ।
एकातर्फ पङ्खा चलिरहेको र अर्को तर्फको कुण्डीमा उनी झुन्डिएको अवस्थामा रहेको वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मनजित महराले जानकारी दिए । प्रहरीले राती आड बजेतिर थाह पाएपछि रसीबाट निकालेर राती नै भैरहवा स्थित भीम अस्पतालमा पोस्ट मार्टमका लागि लगेको र त्यस पश्चात् भैरहवाको युसिएमएसमा लगिएको उनले बताए । गत वर्ष दाउन्नेमा भएको दुर्घटनामा परी छोरीको मृत्यु भएपछि उनी डिप्रेसनमा परेको बुझिएको छ । प्रहरीले आचार्यको शवलाई परिवारको जिम्मा लगाइदिने तयारी गरेको छ ।