माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारले जित्यो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारले जित्यो



काठमाडौं । चौथो संस्करणको माइभ्याली गोल्डकप फुटबलको उपाधि थ्रीस्टारले जितेको छ । सोमबार इलाममा सम्पन्न फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले माईभ्याली गोल्डकपको पहिलो पटक उपाधि उचालेको हो ।

थ्रीस्टारलाई उपाधि दिलाउन सुनिल बल नायक बने । उनकै एकमात्र निर्णायक गोलमा थ्रीस्टारले उपाधि उचालेको हो । पहिलो र दोस्रो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । दुबै टिमले गोल गर्ने राम्रा अवसर खेर फाल्दा अग्रता लिन बाट चुकेका थिए ।

निर्धारित ९० मिनेटसम्म दुबै टिमले बराबरी खेलेपछि १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको समयको चौथो मिनेटमा नै सुनिल बलले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा मनाङ थ्रीस्टारसँग निरिह बन्दा उपाधि जित्न असफल भयो ।

विजेता थ्रीस्टारले ६ लाख ६६ हजार ६ सय ६६ नगदसहित ट्रफि हात पारेको छ । त्यस्तै, उपविजेतामै चिक्त बुझएको मनाङले ४ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।