उपचार नपाएर सुत्केरीकाे मृत्यु
जाजरकोट- उपचार नपाउँदा जाजरकोटमा सुत्केरीकाे मृत्यु भएकाे छ । अत्याधिक रक्तश्रावका कारण उनकाे मृत्यु भएकाे हाे ।
जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको परिवारले जनाएकाे थियाे ।
सव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले जनाएका छन ।
उहाँका अनुसार बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।