जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे



जाजरकोट । जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ।

जिल्लाको छेडागाड नगरपालिका–१० नल्फुकी ३८ वर्षिया पन्चकलानाथ योगिको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लोकबहादुर बिष्टका अनुसार मुटु दुखेको भन्दै स्थानीय थलह बजारको सल्याली मेडिकल हलमा पुगेकी नाथको उपचारकै क्रममा मृत्यु भएको हो।

नाथको मृत्यु भएपछी प्रहरीले उक्त मेडिकलका सञ्चालक तिलक बोहोरालाइ पक्राउ गरेको छ। उपचारमा लापर्बाही गरेर नाथको ज्यान गएको उनका आफन्तले आरोप लगाएक छन्।

५ बर्ष अघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइरहेकी नाथका २ छोरा र एक छोरी छन्। घटनाबारे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।नागरिक न्युज बाट