उपमेयर थापालाई धम्की दिने पक्राउ

हिमाल पोस्ट/कैलाली
गत सोमबार घोडाघोडी नगरपालीकाका उप प्रमुख प्रेम कुमारी थापालाई पैसा माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति आज पक्राउ परेका छन् ।
उप प्रमुख लाई धम्कि दिने घोडाघोडी नगरपालिका -१ सुखड घर भएका २६ वर्षिय बलराम भण्डारालाई पक्राउ गरिएको छ भने, साथ मा गएका एक जना वर्ष २१ का बुद्धि राज जोशीलाइ थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यलय सुखडमा राखिएको इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख यक्ष राज जोशिले जानकारी दिए ।
आफ्नै कार्यकक्षमा उप प्रमुख थापालाई पैसा दिनु पर्यो, होइन भने जागिर दिनु पर्यो, म पैसाको लागि मर्न र मार्न पनि तयार हुने मान्छे हो, त्यस्तै परे बलात्कार गर्न सक्छु भन्दै गालीगलोच गर्दै उप प्रमुख थापालाई धम्काएका थिए ।
उक्त घटानको विषयमा इलाका प्रहरी कार्यलय सुखडलाइ मंगलबार साँझ जानकारी गराइएको थियो । अहिले धम्की दिने व्यक्ति लाई इलाका प्रहरी कार्यलय सुखडमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले जानकारी दिए ।

