२९ वर्षको उमेरमै ९ सन्तानकी आमा - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

२९ वर्षको उमेरमै ९ सन्तानकी आमा



काठमाडौं । १३ वर्षको उमेरमा विवाह गरेकी कैलाश गाउँपालिका ७ डोकाटार हेटौंडाकी ज्योतिमाया चेपाङ २९ वर्षको उमेरमै ९ सन्तानकी आमा बन्नुभएको छ ।

ज्योतिका सन्तान ७ महिना देखि १० वर्षसम्मका भएका छन् । ९ वटा बच्चाको आमा बनीसकेकी उहाँका अहिले ७ सन्तान जीवित छन् ।

१७ महिने छोरा बोकेर कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ४०–४२ वर्षको जस्तो देखिन ज्योतीमाया श्वासप्रश्वास र आङ खस्ने रोगले पीडित छिन् तर ज्योतिका पतिलाई यो समस्याको बारेमा अत्तो–पत्तो छैन् ।

ज्योति मात्र होइन १५ वर्षको उमेरमा आमा बनेकी ताम्लीङकी सरिता चेपाङ पनि विवाह गरेको १३ महिनामै आमा बनिन अहिने पनि उनको रजश्वाला रोकिएको २ महिना भैसकेको छ । उनी अर्को बच्चा बनाउने तरखरमा छिन् ।

बालिकाबाट किशोरी हुन नपाई आमा बन्न पुगेगी ज्योतिका छोरा छोरीहरु पनि दुब्ला पात्ला छन् । उनको ओठमा हासो छैन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपरका अनुसार जिल्लको पश्चिमी क्षेत्रमा पर्ने हालको कैलाश गाउँपालिकामा पर्ने साबिकको भार्ता गाविसका ८६ प्रतिशत बालिकाको १२ वर्ष देखि १५ वर्षसम्म विवाह हुने गरेको छ । चेपाङ समुदायका अधिकांस बालिकाहरुले १३ वर्ष देखिनै बच्चा जन्माउन सुरु गर्छन ।

शैक्षिक भौतिक रुपले अत्यन्तै पिछडिएको भार्ताको ९० घर धुरीमा जनस्वास्थ्य कार्यलयले अध्ययन पछि प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।