युनाईटेड प्लाष्टिकको आगो ७ घण्टापछि नियन्त्रणमा, २ करोडको क्षती - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

युनाईटेड प्लाष्टिकको आगो ७ घण्टापछि नियन्त्रणमा, २ करोडको क्षती



आचार्य प्रदीप
बुटवल । बुटवल संगमपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बिहानपख मात्र नियन्त्रणमा आएको छ ।

हिजो साझ ८ बजेतिर लाग्न शुरु गरेको आगो बिभिन्न ५ स्थानबाट आएका बारुणयन्त्रले बिहानपखमात्र नियन्त्रणमा लिएका हुन ।

बुटवल उप महानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकलले आगो निभाएका हुन ।

उपमहानगरमा २ बटा दमकल भएपनि एउटा बिग्रिएको अबस्थामा रहेकाले आगो समयमै नियन्त्रणमा आउन नसकेको हो ।

आगलागीबाट २ करोडको क्षती भएको संचालक जिवन गौतमले जानकारी दिए ।

आगो कसरि लाग्यो भन्ने अझै खुलेको छैन । पसल संचालनमा रहेको सो घरमा साझको समयमा मान्छे नबस्ने भएकाले पनि आगो फैलिईसकेपछि मात्र थाहा भएको थियो ।

यसैबिच बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले आज बिहान घटनास्थलको अवलोकन गरेका छन । घटना प्रति दुख ब्यक्त गर्दै मेयर सुवेदीले आगलगिबाट भएको क्षतीको बारेमा पनि जानकारी लिए ।

सुवेदीले सो ईन्टरप्राईजेजका संचालक जिवन गौतमलाई भेटि क्षतीपुर्ती र बिमा रकम उपलब्ध गराउन आफुले सहयोग गर्ने आश्वासन दिए ।