लामो प्रतीक्षापछी कलंकीको अण्डरपास सुरु ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लामो प्रतीक्षापछी कलंकीको अण्डरपास सुरु !



नेपालकै पहिलो अण्डरपास शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । काठमाण्डुको कलंकीमा रहेको अण्डरपास शुक्रबार दिउँसो २ बजेबाट सञ्चालनमा आएको हो ।

आजबाट सञ्चालनमा आए पनि कालोपत्रे तथा अन्य केही काम बाँकी भएकाले मध्य सेप्टेम्बरमा भने केही दिन अण्डरपास बन्द गरिने बताइएको छ ।

६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा काम सम्पन्न भएको हो ।

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा पहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दावी गरेको छ ।