सबैभन्दा धेरै उम्मेदवार एमालेबाट, कसका कति ? - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सबैभन्दा धेरै उम्मेदवार एमालेबाट, कसका कति ?



काठमाडौं : वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै नेकपा एमालेको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगकाअनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म एमालेबाट ३३ हजार २५७ जनाको उम्मेदवारी परेको हो।

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ। कांग्रेसबाट सबै पदमा ३१ हजार २२० जनाको उम्मेदवारी परेको छ।

नेकपा माओवादी केन्द्रबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परे छ ।

आयोगकाअनुसार अहिलेसम्म सबै पदमा १ लाख ५१ हजार ७५६ जनाको उम्मेदवारी परेको छ।