उम्मेदवार छनौटको बिषयलाई लिएर एमाले भित्र बिबाद ! - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

उम्मेदवार छनौटको बिषयलाई लिएर एमाले भित्र बिबाद !



काठमाण्डु, ३० असोज – मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार छनौटको बिषयलाई लिएर नेकपा एमाले भित्र बिबाद बढेको छ ।

माधव कुमार नेपाल समुहले आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको सुचीप्रति असन्तुष्टि जनाएको हो।

आइतबार दिनभर पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा स्थायी समितिको बैठकमा समानुपातिकको सुची तयार गर्दा सहमति हुन सकेन । नेपाल समुहले आयोगमा पठाएको लिस्ट आफुलाई मान्य नहुने बताएको छ ।

अध्यक्ष ओलीले उम्मेदवार छनौट समितिले सिफारिस गरेका भन्दा पनि आफ्ना निकटहरुको नाम एकलौटी रुपमा लिस्टमा राखेपछि एमालेमा विवाद चुलिएको एक नेताले बताए ।

उनका अनुसार ‘सामान्य छलफल गराएर एकलौटी रुपमा समानुपातिकको सुचि आयोगमा बुझाउन खोजेपछि अध्यक्ष ओली र नेपालबीच बैठकमै चर्काचर्की भएको थियो ।’

माधव नेपाल उक्त बन्द सुची नमान्ने भन्दै बैठक छाडेर हिडेका थिए ।