सर्‍यो एमाले महाधिवेशनको मतदान समय - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

सर्‍यो एमाले महाधिवेशनको मतदान समय



काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान सुरु हुन ढिलाइ हुने भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन नै अझै समय लाग्ने देखिएको छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले अबको केही समयमै उम्मेदवारहरुको अन्तिम नामावली आउने बताए। अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिने छ।

उम्मेदवारहरुको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा पनि ३ देखि ४ घण्टाको समय लाग्ने सुब्बाले जानकारी दिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रममा सोमबार राति ९ बजेदेखि मतदान सुरु हुने भनिएको छ। तर, उम्मेदवारहरुको अन्तिम नामावली तयारमा भएको ढिलाइ र त्यसपछि उक्त नामावली ईभीएममा प्रविष्ट गर्दा लाग्ने समयका कारण मतदान सुरु हुन ढिलाइ हुने भएको छ।