एमालेकै उपाध्यक्षले भने: फेरि माओवादीसँग एकता गर्नुपर्छ
नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । उपाध्यक्ष ज्ञवालीले फेरि पनि माओवादीलगायतका वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको बताए ।
त्यस्तै उनले कमिकमजोरी सच्याएर एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । ज्ञवालीले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि धारणा राखे ।
उनले महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउने जानकारी दिए।