परिवार दलसँग एमालेले बनायो गठबन्धन, यस्तो छ सहमति
काठमाडौं – नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सहमति भएकाे छ।
नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ।
दुई दलबीच भएकाे सहमतिअनुसार परिवार दलका उम्मेदवारले स्थानीय निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्।