एमालेद्वारा बैठक बहिस्कार
काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको हो ।
बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नेछ । आजको संसद् बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने सत्ता गठबन्धनका नेताहरुबीच सहमति जुटेको छ । कार्यव्यवस्थाको बैठकले एमसीसीलाई संसद्को कार्यसूचीमा राख्ने बताइएको छ ।
आजको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । संसद् अवरोध पनि कायमै राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।