ओलीले च्याप्टर क्लोज गरेको कार्यदलको बैठक सिंहदरबारमा जारी
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता अस्विकार गर्दापनि दोस्रो तहका नेताहरूले पार्टी एकताको लागि प्रयास गर्ने भएका छन् ।
शुक्रबार ओली समुहले नेपाल समुहलाई बाइपास गरेर बसेको पार्टीको स्थायी कमिटी बैठकले कार्यदल भङ्ग गरेपनी नेताहरू भने छलफलमा जुटेका छन् ।
शुक्रवार बसेको बैठकले एमाले कार्यदलले बनाएको १० बुँदे सहमती पत्र अनुमोदन गरेर एकताको च्याप्टर क्लोज गरेको थियो । यसअघि पार्टी एकताका लागि दुवै पक्षले कार्यदल बनाएरै वार्ता गरिरहेका थिए ।
शुक्रबार बसेको एमालेको स्थायी कमिटीकै बैठकले उक्त कार्यदल भंग गरिदिएको थियो । भंग भएको भोलिपल्ट कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा जुटेका हुन् ।
अहिले एमालेका दुबै तर्फका नेताहरू सिंहदरबारमा छलफल गरिरहेका छन् ।