मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति
काठमाडौं- नेकपा एमालेको बिभाजन रोक्न नेताहरू अन्तिम प्रयत्नमा रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाही गरिएका वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू विभाजन रोक्न लागिपरेका छन्।
छलफल र समझदारी कायम गर्नकै लागि नयाँ पार्टीको घोषणा गर्न आगेको नेताप समूहले केहिदिन आफ्नो कार्यक्रम पछाडि सारेको छ भने थप १२ जना नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको ओली समुहले पनि स्थायी कमिटिको बैठक रोकेर पहल थालेका छन् ।
आइतबार र सोमबारको बैठक रोकेर नेताहरू संवादमा जुटेका थिए । पछिल्लो संवाद भने सोमबार मध्यरातमा भएको बुझिएको छ । ओली र नेपाल समुहका दोस्रो तहका नेताहरूले दरवारमार्गस्थित याक एन्ड यति होटलमा छलफल गरेका छन् ।
मध्यरातमा भएको छलफलमा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएको स्रोतले जनाएको छ । पार्टीमा एकता कायम गर्ने प्रयासअनुरूप दुई पक्षका दोस्रो तहका नेताहरू अन्तिम प्रयत्न गरिरहेका छन्।
सहभागी एक नेताका अनुसार सहमतिको मोटामोटी छलफल भएको बताएका छन् । पार्टीलाई २०७५ जेठ २ गतेको आसपासमा रहेर सहमति खोज्ने प्रयास गरिएको बताइएको छ ।
ओली समुहका नेताहरूले जेठ २ गते नै फर्काउन नसकेपनि त्यसको आसपासमा रहेर थप समझदारी गर्न सकिने बताएका थिए । स्रोतका अनुसार ओली समुहका नेताहरूले बालुवाटारमा थप छलफल गरेर खबर गर्ने बताएका छन् ।
यसबारेमा थप जानकारी केहीबेरमा गराउने छौं