एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो



काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । सचिवालय बैठक बस्ने भएकाले केन्द्री!कमिटी बैठक सारेको वताइएको छ ।

दशौं महाधिवेशनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।आज विहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्न लागेको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए।

एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ। बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा प्रारम्भिक छलफल गर्ने तयारी छ।

सचिवालय बैठक ११ बजे भएको केन्द्रीय कमिटीको बैठक दिउसो १ बजेलाई सारिएको नेम्वाङले जानकारी दिए। दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा बस्दैछ।

आजदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ।

यसैगरी जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूची छ।

एमाले महाधिवेशन लगत्तै पहिलो बैठक बसे पनि लामो कार्यसूचीसहितको बैठक भने आजदेखि शुरु हुन लागेको छ।