सकियो एमाले कार्यदलको बैठक

काठमाडौं- लामो समय विवादमा रहेको एमालेको विवाद मिलाउन बसेको एमाले कार्यदलको बैठक सकिएको छ । बैठक निष्कर्षमा पुगेको एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले बताए ।
बैठकपछि प्रतिक्रिया दिँदै विष्टले भोलीको दिन एकताको घोषणा गरिने बताए । उनले आजै सबै सक्ने अथक प्रयास गरिएपनि अन्तिम बिन्दुमा आइपुगे पनि घोषणा आज गर्न नसकिएको बताए ।
उनले आज घोषणा गर्ने भनीएपनि केहि प्राविधिक कुरा बाँकी रहेकाले भोलीको दिन एमालेका लागि सुखद बन्ने बताए ।

