एमाले नेताहरू फेरी छलफलमा: सहमति नजिक पुगेको दाबी
काठमाडौं- विभाजनको डिलमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेको एकता बचाउन दोस्रो तहका नेताहरू अहिले पनि प्रयत्नमा छन् । पार्टीका शिर्ष नेताहरूले दुरी बढाईरहेका बेला उनीहरू भने लगातार पार्टी बचाउन संवादमा छन् ।
एमाले भित्र देखिएको विवाद समाधानको सुत्र पत्ता लगाउन लामो समयदेखि लागिपरेका नेताहरू बिहिबार पनि संवादमा जुटेका छन् । एमालेले बनाएको कार्यदलमा भएका केहि नेताहरू अहिले समिट होटलमा छलफल गरिरहेका छन् ।
बिहिबार साँझ ललितपुरको समिट होटलमा कार्यदलमा भएका केहि नेताहरू बैठक गरिरहेका छन् । विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जना सम्मिलित कार्यदल बनाइएको थियो ।
तर कार्यदलभित्रकै केहि नेताहरू आक्रामक बन्न थालेकाले कार्यदल भित्रका केहि नेताहरू संवादमा जुटेका हुन् । स्रोतका अनुसार दुवै पक्षका नेताहरू सहमतिको नजिक पुगेको दाबी गरिएको छ ।